मेरो डिजिटल देश

मेरो डिजिटल देश

विदेशबाट वैधानिक, सुरक्षित र डिजिटल माध्यम अपनाउँदै इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा कुनै पनि बैंकको खाता वा eSewa वालेटमा पैसा पठाएर देशमा विदेशी मुद्राको सन्चिता बलियो बनाउँदै देशको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुर्याएर मेरो Digital देशको साझा अभियानलाई सफल बनाऔं।

साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस योजनामा सहभागिता जनाउन सकिनेछ। रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गर्नका लागि - https://t.ly/GuMm

अभियान अन्तर्गतको योजनामा सहभागी हुनुहुने सेवाग्राहीहरु मध्ये एक जनालाई महिनै पिछे ६ महिनाको अवधिसम्म आकर्षक पुरस्कार दिनेछौँ भने एकजनाको हामी साकार पार्नेछौं आफ्नै घर हुने सपना, त्यो पनि काठमाडौँमा।

सर्तहरु लागु हुनेछन्:

१. यो योजना असोज ७, २०७९ बिहानको ००:०१ बाट बाट सुरु भएर, चैत्र ६, २०७९, रातीको ११:५९ सम्म लागु हुनेछ।

२. यो योजना निम्न किसिमका रेमिट्यान्स कारोवारमा लागु हुनेछ:

  • विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत इच्छाएको व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउँदा
  • विदेशबाट इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाउँदा
  • विदेशबाट पठाएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा

३. विदेशबाट पैसा पठाउँदा नेपाली नागरिकको नेपालको कुनै पनि बैंकमा रहेको बैंक खाता र इसेवा वालेटमा मात्र पठाएको हुनु पर्ने।

४. योजनामा विजेताको हकदार बन्नका निम्नानुसार कारोवार भएको हुनु पर्ने छ:

     मासिक उपहार:

  • विदेशमा रहेको नेपाली नागरिकले नेपालमा बस्ने १८ बर्ष माथिको नेपाली नागरिकलाई नै पैसा पठाएको हुनुपर्ने।
  • इसेवा मनी ट्रान्सफर मार्फत सो महिना कम्तिमा एक पटक नेपालको कुनै पनि बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएको हुनुपर्ने, अथवा विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेको हुनुपर्ने।

     बम्पर उपहार:

  • विदेशमा रहेको नेपाली नागरिकले नेपालमा बस्ने १८ बर्ष माथिको नेपाली नागरिकलाई नै पैसा पठाएको हुनुपर्ने।
  • योजना समयावधिमा इसेवा मनी ट्रान्सफर मार्फत माथि उल्लेखित माध्यमबाट जति धेरै कारोवार, उति नै धेरै बम्पर उपहार जित्ने मौका।

५. इसेवा मनी ट्रान्सफर र इसेवा मनी ट्रान्सफर संग विज्ञापन प्रयोजनार्थ आवद्ध कुनै पनि कम्पनीका कर्मचारी विजेता बन्न अमान्य हुनेछन्।

६. मासिक उपहार विजेताको घोसणा महिनाको अन्त्यमा र बम्पर उपहार विजेताको घोषणा योजनाको समापन पछि इसेवा मनी ट्रान्सफरको Facebook pageबाट प्रत्यक्ष इलेक्ट्रोनिक लक्की ड्र मार्फत गरिनेछ।

७. मासिक र बम्पर विजेताको घोसणा ईसेवा मनी ट्रान्सफरको Viber Community र Facebook/Instagramपेजबाट घोसणा गरिनेछ।

८. योजनाको सर्तहरु अनुसार नरहेका कुनै पनि प्रयोगकर्ता वा कारोवारलाई उपहारका लागि अयोग्य ठहराउने अधिकार इसेवा मनी ट्रान्सफरमा निहित रहनेछ।

९. कुनै पनि संकास्पद कारोवारलाई उपहारका लागि अयोग्य ठहराइनेछ।

१०. विजेतालाई तोकिएको पुरस्कारको बदलामा नगद प्राप्त गर्नुहुने छैन।

११. विजेताले कर प्रयोजनार्थ नेपाल सरकारको प्रचलित नियम बमोजिम उपहारमा २५% करको भागेदारी स्वयमले व्यहोर्नु पर्ने हुन्छ।

१२. यो अभियान केवल एउटा कम्पनी प्रचारात्मक कार्यक्रम हो र नेपालको प्रचलित कानून बमोजिम कुनै पनि किसिमको लटरी, सट्टेबाजी वा जुवा होइन।

१३. कुनै पनि विजेता अथवा पुरस्कारको हकवालाले advertisement/publicityको प्रयोजनार्थ चाहिएको खण्डमा इसेवा मनी ट्रान्सफरलाई आफ्नो नाम, फोटो र नेपाली परिचय पत्र उपलब्ध गराउनु पर्ने हुन्छ।

१४. पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नुहुनेछ।

Connect with us

Join our growing community